Logo

डा गोविन्द केसी सोमबारदेखि आमरण अनसनमा

काठमाडौं । गोविन्द केसी सोमबारदेखि आमरण अनसनमा बसेका छन् । उनको यो १२ औं असनसन हो । केसीले चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी गरिएको भन्दै आजैदेखि अनसन थालेका हुन् ।