काठमाडौं । पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको हो । सर्वोच्चको आदेशपछि सम्पर्कमा नरहेका मनाङे काठमाडौँको सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट आज बिहान पक्राउ परेका थिए । गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान…