काठमाडौं । नेपाली कांग्रेस सांसद विनोद चौधरीले रवि लामिछानेले आइतबार प्रतिनिधि सभामा आफू लक्षित दिएको अभिव्यक्तिको आपत्ति जनाएका छन्। पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनुसन्धान गरिरहेको हाजिरी जमानीमा छुटेको मान्छे सरकार बने लगत्तै बालकोट पुगेर गीत गाइरहँदा पहिल्यै शंका उत्पन्न भएको बताएका थिए । चौधरीले विवादित विगत र बर्तमान भएको…