काठमाडौँ । राइड शेयरिङलाई कानुनी मान्यता दिन लागेको विरोधमा गण्डकीका सार्वजनिक सवारी सञ्चालकले यातायात सेवा ठप्प बनाएका छन् । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको राइड शेयरिङसम्बन्धी कार्यविधिको विरोधमा सार्वजनिक सवारी सञ्चालकहरूले प्रदेशभर आइतबार यातायात सेवा बन्द गरेका हुन् । सार्वजनिक सवारी बन्द हुँदा पोखरासहित गण्डकीका ११ वटै जिल्लामा सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् ।…