काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने प्रतिवद्धता जनाएका छन् । नेपाल प्रहरी परिसर भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रहरीका सामु प्रतिवद्धता जनाएका हुन् । उनले सरुवा बढुवाका लागि झोलामा पैसाको थैली बोकेर नेताहरुका घर घर नधाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।…