Logo

नवलपुर सब–स्टेसनको काम अन्तिम चरणमा, ४६ करोड लागत

काठमाडौं । सर्लाहीको नवलपुरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न निर्माण गरिएको सब–स्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेकोे छ । लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभिए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण गरिएको हो । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले करिब ४६ करोड ३६ लाखको लागतमा सबस्टेशन बनाएको हो…