Logo

नेपालको निर्यात व्यापारमा अर्को अड्चन : सिपिङ कम्पनीले खाली कन्टेनर पठाएनन्, सामान पठाउन नपाउँदा व्यवसायी अन्यौलमा

काठमाडौं । नेपालको निर्यातमा विभिन्न अवरोधहरु देखिदै आएका छन् । आयातको तुलनामा निकै कम निर्यात गर्दै आएको नेपालमा पछिल्लो समय उत्पादित वस्तुहरु तेस्रो मुलुक पठाउनका लागि आवश्यक खाली कन्टेनरको अभाव हुँदा नेपाली निर्यातकर्ताहरु अन्यौलमा परेका छन् । भारतको कोलकत्ता बन्दरगाहबाट नेपाल आउने खाली कन्टेनर नेपाल आउन नपाउँदा अन्यौलमा परेको निर्यात परिसंघ नेपालका उपाध्यक्ष रेशम पोख्रेल…