काठमाडौं । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा एकअर्कामा सञ्चार गर्न पनि मुस्किल छ । यस पालिकाका विभिन्न वडाबाट ‘मोबाइल’ मार्फत सञ्चारसँग जोडिन समस्या हुने गरेको हो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामा मोबाइलबाट सञ्चारसँग जोडिन झ्यालमा सानो टुकटुके मोबाइल झुण्ड्याएर सुत्नुपर्ने बाध्यता रहेको बताउँछन् । स्मार्ट फोनको समयमा उनीसँग स्मार्ट फोन नभएर होइन । उनी…