काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हाल नियुक्त हितेन्द्रदेव शाक्यले दायर गरेका छुट्टाछुट्टै रिटमा मंगलबार सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो। तर, सुनुवाइ नसकिएकाले दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ। यसअघि आइतबार पनि यी मुद्दाहरूको सुनुवाइका लागि…