काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वमा नयाँ गठबन्धन निर्माण गरेपछि सरकारमा नयाँ मन्त्रीहरु नियुक्त भएर पदभार पनि ग्रहण गरिसकेका छन् । सरकारको सबैभन्दा महत्वपूर्ण मन्त्रालयका रुपमा रहको अर्थ मन्त्रालयमा पुर्व अर्थमन्त्रीसमेत रहेका वर्षमान पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । बुधबार साँझ राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर पुनले पदभार ग्रहण…