काठमाडौं । नेपाल धितोपत्र बोर्डले टेस्टेड सिस्टम (अन्तराष्ट्रिय मान्यता प्राप्त आधुनिक प्रविधि) भित्र्याउन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिएको छ । नेप्से पुरानै प्रणालीमा चलिरहेकोले आधुनिक र अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रणाली भित्र्याउन निर्देशन दिइएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । विश्व पूँजी बजारको आधुनिक प्रणाली आइसकेकाले नेपालमा पनि सोही अनुरुपको प्रविधि विकास…