काठमाडौं । ओभर द काउउण्टर (ओटीसी) बजारलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । आजभन्दा ७ वर्ष अघि ओटीसी संचालन सम्बन्धी नियमवली कार्यान्वयनमा आएपनि हालसम्म नेपाल बैंक लगायत ४ वटा संस्थाको सेयर मात्र ओटीसी बजारमा आएकाले बोर्डले उक्त निर्देशन दिएको हो । ओटीसी बजार संचालन सम्बन्धी नियमावली अनुसार धितोपत्र बोर्डले सुचिकरण…