काठमाडौं । साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले संचयकर्ताका लागि शुक्रबार देखि सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका लागि उक्त सेयर शुक्रबारदेखि खुला गर्न लागेको हो । दुई कम्पनीले संचयकर्ता, कोषका कर्मचारीका लागि २ अर्ब ५१ करोड ६० लाख बराबरको साधारण सेयर (आइपीओ) निष्काशन गर्न लागेको हो ।…