काठमाडौं । गत हप्ता अर्थमन्त्री डा. युवराज खतिवडाले मिडियामा पूँजी बजारलाई अनुत्पादक भनी अभिव्यक्ति दिएको भन्दै लगानीकर्ताहरु अतालिएर सस्तोमा सेयर बिक्री गर्न थालेका थिए । तर, पछिलल्लो समय केही लगानीकर्ताहरुले अर्थमन्त्रीको सोही अभिव्यक्ति भजाएर बजारमा चलखेल गर्न शुरु गरेका छन् । अपरिपक्क र हचुँवाको भरमा चलेको बजारमा मंगलबार पनि नेप्से परिसुचक ३ पटकसम्म घटवढ भएको…