काठमाडौं । अब नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का प्रतिनिधि नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्य हुन नपाउने भएका छन् । संसदमा दर्ता भएको ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था गरिएको हो । यसअघि धितोपत्र ऐनमा बोर्डको सदस्यको रुपमा यी दुई संस्थाको प्रतिनिधि रहने व्यवस्था भएकोमा…