काठमाडौं । सवारीचालक अनुमतिपत्रको कार्ड, मेशिन र सिस्टम खरिदका लागि आह्वान गरिएको टेण्डर रद्ध भएको छ । यसअघि गएको कार्तिक १० गते यातायात व्यवस्था विभागले जारी गरेको उक्त टेण्डरमा आवेदन दिएका कम्पनीको योग्यता नपुगेपछि टेण्डर नै रद्ध गरिएको हो । पछिल्लो समय स्मार्ट कार्ड, पर्सनलाईजेशन सिस्टम र लाइसेन्स छाप्ने मास प्रिन्टर नै छुट्टाछुट्टै कम्पनीको भएपछि…