काठमाडौं । भुकम्प तथा नाकाबन्दीका कारण सुस्ताएको अटो बजार विस्तारै बढ्न थालेको छ । नाकाबन्दी खुलेसँगै सवारीसाधन विक्री दर बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । चालू आवको ८ महिनामा झण्डै १ लाख ४८ हजार सवारी साधन विक्री भएको छ । पहिलो ४ महिनामा उच्च रुपमा गिरावट आएको सवारी विक्री पछिल्लो समय बढेको विभागको तथ्याङ्कले देखाएको छ…