काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहा जिल्लाको लहानमा विश्वस्तरीय सुबिधासम्पन्न संरचना बाट सेवा सुविधा सुरु गरेको छ । एमएडब्लुले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइडलाइनअनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यस क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई…