काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुनचाँदीका मौलिक गरगहना निर्यात गरेर व्यापार घाटा न्यूनिकरणमा सघाउन व्यवसायीलाई आग्रह गरेका छन् । व्यापार घाटा वर्षेनि बढ्दै गएको उल्लेख गर्दै उनले आयातित सुनचाँदीमा मूल्यअभिवृद्धि गरेर त्यसलाई विश्व बजारमा पुर्याउन आग्रह गरेका हुन् । काठमाडौंमा शनिवार आयोजित नेपाल सुनचाँदी कला व्यवसायी संघको १८ औं वार्षिक साधारणसभा…