काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूचना प्रविधि नीति कार्यान्वयनमा ल्याएको छ । बोर्ड संचालक समितिले उक्त नीति पारित गरी यहि साउनदेखि कार्यान्वयनमा ल्याएको हो । सूचना प्रविधिको निरन्तर विकास तथा विस्तारबाट सिर्जित अवसरहरुको उच्चतम उपयोग गरी बजार नियमन तथा बजार गतिविधिलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन बोर्डले सूचना प्रविधिसम्बन्धी नीति पहिलो पटक कार्यान्वयनमा ल्याएको हो…