धनगढी । चालू आर्थिक वर्षभित्र हुने लगानी सम्मेलनलाई टेवा पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले यही मङ्सिर २० गते वित्तीय सम्मेलन आयोजनाको तयारी गरेको छ । वित्तीय पहुँचवृद्धिका लागि सचेतनामार्फत् प्रदेशमा आर्थिक क्रियाकलाप बढाइ आर्थिक विकास गर्ने लक्ष्यले पहिलो पटक वित्तीय सम्मेलन गर्न लागिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव दिनेश पाण्डेले जानकारी दिए ।…