काठमाडौं । दुई महिना लामो निषेधाज्ञापछि मुलुकको राजधानी काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि नयाँ बसपार्क भने सुनसान छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि वैशाख १६ गतेदेखि सरकारले गरेको निषेधाज्ञासँगै बन्द रहेको नयाँ बसपार्कमा अहिलेसम्म चहलपहल हुनसकेको छैन । देशैभरका भाडाका बस आउने र जाने…