काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ आज अर्थात चैत २० गते आइतबार बाँडफाँड भएको हो ।कम्पनीले चैत्र ८ गते मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले समान १०÷१० कित्ता सेयर प्राप्त गरेका छन् ।…