काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली मोटरसाइकल एसेम्बल गर्ने उद्योगीहरु माथि आक्रोस व्यक्त गरेका छन् । सरकारले सवारीसाधन एसेम्बल गर्ने उद्योगलाई भारी छुट दिएपनि उपभोक्ताहरु झन मारमा परेपछि अर्थमन्त्री शर्माले त्यस्ता एसेम्बल गर्ने उद्योगीहरु माथि आक्रोस पोखेका हुन् । सरकारले गत आर्थिक वर्षको बजेटबाटै नेपालमा मोटरसाइकल एसेम्बल गर्ने उद्योगको पार्टपुर्जा आयातमा भन्सारमा भारी छुट दिएको…