काठमाडौं । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको हो । कम्पनीले जारी पुँजी २ अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख बराबरको…