Logo

सेन्ट्रल फाइनान्सका सेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै उक्त बैठकले सोही निर्णय बमोजिम वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।