काठमाडौं । सेयर बजार सम्बन्धी लगानीकर्ता संघसंस्थाले अर्थमन्त्री समक्ष पुँजी बजार सुधार सम्बन्धी ज्ञापनपत्र बुझाएका छन् । सोमबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुले अर्थमन्त्री डा। प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् । विशेषगरी उनीहरुले सेयर धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा…