काठमाडौं । साताको चौथौ कारोबार दिन बुधबार सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेपाल धितोपत्र बोर्डको ब्रोकर कमिसन घटाउने निर्णयले सेयर बजारमा उत्साह देखिएको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ४३.२७ अंकले बढेर १ हजार ९ सय ७.८९ बिन्दुमा उक्लिएको छ । मंगलबार पनि सेयर बजार १३ अंकको हाराहारीमा बढेको थियो ।…