काठमाडौं । गत सोमबार बिहानै चाबहिलका रुपेश घले गोकर्णेश्वर यातायातको बस चढेर चक्रपथ पुगे । सँधै आउजाउ गरिरहने उनले सँधैझै बसको सहचालकलाई १५ रुपैयाँ हातमा थमाए तर, सहचालक जंगिए । ‘काँ यतिले पुग्छ, अझै ५ रुपैयाँ थप्नुहोस ।’ सहचालकको यो जंगाईका अगाडी नम्र भई उनले खुरुक्क ५ रुपैयाँ झिकेर कुल २० रुपैयाँ चावहिलदेखि चक्रपथसम्मको भाडा…