Logo

मञ्जुश्री सीईओमा सन्तोष निरौलालाई निरन्तरता, थप ४ बर्ष कमाण्ड सम्हाल्ने

काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष निरौलालाई नै निरन्तरता दिएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो । कम्पनीको १५१ औं बैंठकले निरौलालाई थप ४ बर्षका लागि निरन्तरता दिएको हो । निरौलाले यही वैशाख २२ गतेदेखि थप ४ बर्षका लागि मञ्जुश्रीको कमाण्ड सम्हाल्नेछन् ।