काठमाडौं । नेपाली पात्रो र राष्ट्रिय पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ । प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वास दिलाउनलाई दुई निकायबीच सम्झौता भएको हो । उक्त सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिने नेपाली पात्रोका प्रमुख…