काठमाडौं । भारतकै अग्रणी औद्योगिक घराना मध्येको एक टाटा समूहले एप्पलको आइफोन भारतमै उत्पादन गर्न थालेको छ । एप्पलका सीईओ टिम कुक गत महिना भारत भ्रमणमा थिए । यसक्रममा उनले टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनसँग मुम्बईमा भेट गरेका थिए । उक्त भेटमा भारतमा मेगा इलेक्ट्रोनिक्स उत्पादन गर्ने योजनाका बारेमा दुवैबीच लामो कुराकानी भएको बताइएको छ…