काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले दुई पक्षीय खर्च सम्झौता रोक्न नेतृत्व गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा १५० भन्दा बढी पोष्ट गर्दै, उनले रिपब्लिकन सांसदहरूलाई सम्झौताबाट पछि हट्न माग गरेका छन्। सम्झौता सरकारले क्रिसमसअघि बन्द हुन नदिनका लागि तयार गरिएको थियो। मस्कले सम्झौताका पक्षमा मत दिने सांसदहरूलाई राजनीतिक प्रतिशोधको धम्कीसमेत दिएका छन्।…