काठमाडौं । क्रिप्टोकरेन्सीको एक्स्चेन्ज प्लेटफर्मका संस्थापकको मृत्यु भएको घटनासँगै अर्बौ रकम बराबरको भर्चुअल लगानी संकटमा पर्ने देखिएको छ । पछिल्लो हप्ता क्यानडामा भएको एउटा घटनाले क्रिप्टोकरेन्सीबाट हुने नोक्सानीका बारेमा बहस झनै बढेको हो । क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म क्वार्डिगाका लगानीकर्ता झण्डै १९ करोड अमेरिकी डलर(झण्डै २३ अर्ब नेपाली रुपैयाँ) गुमाउने स्थितिमा पुगेका छन्…