काठमाडौं । फर्च्युनले बुधबार व्यापार जगतका १०० शक्तिशाली व्यक्तिहरूको सूची जारी गरेको छ । यसमा विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्क शीर्ष स्थानमा छन् । टेस्ला र स्पेसएक्स लगायत धेरै कम्पनी चलाउने मस्कको कुल सम्पत्ति ३१९ अर्ब डलर छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी दक्षता विभागको कमाण्ड मस्कलाई हस्तान्तरण गरेका छन् । विभागले…