काठमाडौं । श्रीलङ्काका नवनिर्वाचित वामपन्थी राष्ट्रपति अनुरा कुमार दिसानायकेले आइतबार आफ्ना देशवासीहरूलाई आर्थिक संकटबाट गुज्रिरहेको आफ्नो देशको इतिहास ‘पुनः लेख्न’ मद्दत गर्न आह्वान गरेका छन् । दिसानायकेले अभूतपूर्व आर्थिक संकटबाट उत्पन्न असन्तुष्टिबाट प्रभावित चुनाव जितेका थिए । ५५ वर्षीय अनुरा कुमार दिसानायके जनमुक्ति मोर्चाका नेता हुन् । उनले चुनावमा निकटतम प्रतिद्वन्द्वीभन्दा करिब १३ लाख बढी…