काठमाडौं । निर्जीवन बीमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्सले आइएसओ प्रमाण पत्र प्राप्त गरेको छ । कम्पनीले बेलायतको युनाइटेड रजिस्टर सिस्टम्स लिमिटेडबाट आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको हो । कम्पनीले विगतका वर्षको ग्राहक सन्तुष्टि, प्रिमियम संकलन, दाबी भुक्तानी, उत्कृष्टता र गुणस्तर व्यवस्थापन मूल्यांकनको आधारमा उक्त प्रमाण प्राप्त गरेको हो । चुक्ता पुँजी ३२ करोड ४० लाख रुपैयाँ…