काठमाडौँ । इन्डियन चेम्बर अफ कमर्सले मुम्बईमा आयोजना गरेको चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा आईएमई लाइफ इन्स्योरेन्स ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बाट सम्मानित भएको छ। विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्सलगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचांकहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे।…