काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको १९ औं बैठकले आर्थिक वर्ष २०७७/७८ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवास लगायतका पुनर्निर्माणका कामहरु २०७८ कार्तिक मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय गरेको हो ।…