काठमाडौं । काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा पुल निर्माण अघि बढाउन लागिएको छ । विस्तारका अधिकांश सडक अन्तिम चरणमा पुगेकाले पुल बनाउने योजना अघि बढाइएको हो । चावहिल–साँखु सडकमा ३ पुलको निर्माण अघि बढिसकेको छ भने जोरपाटी–सुन्दरीजल र कर्मनाशा खोला–गोदावरी सडकमा पुल निर्माणमा जाने गरी योजना अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको…