काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा जोड दिनु परेकाले गुम्बाहरुको पुनर्निर्माण ओझेलमा परेको जानकारी दिएको छ । प्राधिकरणले निजी आवासलाई प्राथमिकतामा राख्दा गुम्बा लगायतका संरचनाहरुको पुनर्निर्माण ओझेलमा परेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले बताएका छन । ज्ञवालीले अवको दिनमा निजी आवास पुननिर्माणको कार्य सँगसँगै गुम्बाको पनि पुननिर्माणमा तिब्रता दिने जानकारी दिएका…