काठमाडौं । सरकारले दमकमा औद्योगिक पार्क निर्माणका लागि ६४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । शुक्रबार बसेको लगानी बोर्डको ३९ औं बैठकले चाईना नेपाल फ्रेन्डसिप ईन्डस्ट्रियल पार्क निर्माणका लािग उक्त चिनियाँ लगानी स्वीकृत गरेको हो । चिनियाँ कम्पनी ल्हासा ईकोनोमिक एण्ड टेक्नोजोली डेभलपमेन्ट जोन, जीनपीङ जोईन्ट क्रियसन कन्स्ट्रक्सनको लगानी रहने उक्त परियोजनाका…