काठमाडौं। भनिन्छ–बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ स् ३० बजेको समय सूचक घण्टी बजायो र राजधानीवासीलाई नयाँ बिहानीको सन्देश दियो । चराहरु ब्युँझिएर बास बसेको ठाउँबाट चलमलाउन थाले, उड्न थाले । नयाँ दिनका लागि नवीन आशाहरु खोज्दै मानिसहरुले विस्तारै ओछ्यान छाडेर निस्किने तयारी गर्न थाले । कति त बिहानको…