काठमाडौं । नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको छ । नेपाली कामदारको रोजगारीकोे प्रमुख गन्तव्य मलेसिया र नेपालबीच आज हायत होटलमा सम्झौता भएको हो । उक्त सम्झौतामा मलेसियाली मानव संशाधन मन्त्री एम कुलाशेगरण र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज बिष्टले सोमबार उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पश्चात पत्रकार सम्मेलनमा बोल्दै मन्त्री…