काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीबीच भएको शिष्टाचार भेटमा दुवै मुलुकले अधिकतम लाभ प्राप्त गर्न सक्ने गरी श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ । उनीहरुबीच श्रम सम्झौता…