काठमाडौं । कोरियाली भाषा परीक्षाको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) को आजदेखि आवेदन फारम खुलेको छ । कोरियाको रोजगारीमा जान चाहने नेपाली युवायुवतीका लागि शुक्रबारदेखि खुलेकोे सो आवेदन १७ गते सम्म भर्न सकिने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले जानकारी दिएको छ । यस अघि बैंकमा लाईन लागेर भाषा परीक्षाको फारम शुल्क बुझाउने व्यवस्था भएकोमा…