काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए ।युरोप, अमेरिकाजस्ता महादेशका विकसित मुलुकमा पठाउने भन्दै काठमाडौं उपत्यकाका युवासमेत विभागमा उजुरी दिन आउने…