काठमाडौं । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड ईन्डष्ट्रीले परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदसँग भेट गरी दुई मुलुकबीचका व्यापार व्यवसाय र पर्यटन क्षेत्रका समस्या र सम्भावनाहरुको विवरण पेश गरेको छ । संघका अध्यक्ष पवनकुमार अग्रवालसहित केही महिनाअघि यूएईको स्थलगत भ्रमणमा समेत गएको प्रतिनिधिमण्डलले आइतबार परराष्ट्रमन्त्री साउदलाई प्रतिवेदन पेश गरेको हो । प्रतिनिधिमण्डलले यूएईसँग विदेशी लगानी संरक्षण…