काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । पब्लिक युथ क्याम्पसको ३३ औं वार्षिकोत्सव समारोहमा मन्त्री डा. महतले भने, पब्लिक क्याम्पस महत्व बढेकाले नै यसको संख्या देशैभरि बढ्दै गएको छ । पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रमले एक हदले रोकेको जानकारी…