Logo

त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन, मतदान अपराह्न ४ बजेसम्म चल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज (सोमबार) स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुँदैछ। बिहान ८ बजेबाट मतदान गर्ने भनिए पनि प्राविधिक तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ। मतदान अपराह्न ४ बजेसम्म चल्ने छ । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुमा विद्युतीय मतदान हुनेछ । यसअघि २०७९ सालमा पनि विद्युतीय उपकरणमार्फत् नै मतदान गराइएको थियो ।…